शिक्षा अभियन्ता इन्दिरा चापागाईंलाई एक सय रूपैयाँ धरौटी लिएर थुनामुक्त
२०८० श्रावण २५, बिहीबार २१:१८
अभियन्ता इन्दिरा चापागाईंलाई शिक्षा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बिहीबार उनलाई एक सय रूपैयाँ धरौटी माग गरेर थुनामुक्त गर्न आदेश दिए
केही दिन अगाडि विराटनगर महानगरका मेयर नागेश कोइरालालाई ‘अभद्र व्यवहार गरेको’ आरोपमा थुनामा परेकि थिईन् ।
उनलाई जिल्ला प्रशासनको इजलासमा उनलाई अबदेखि यस्तो नगर्ने कागजमा हस्ताक्षर गराउन खोजियाे तर उनले आफूले कुनै गल्ती नगरेको बरू जेल जान तयार रहेको जवाफ दिएकि थिईन्
शैक्षिक सुधारको माग राखेर निरन्तर अभियानमा लागेकी चापागाईंविरूद्ध मेयर कोइरालाको निर्देशनमा महानगरले उजुरी दिएको थियो।
विभिन्न संघसंस्थाले ,नागरिक समाज र स्थानीय जनताले उनलाई उनलाई तुरुन्तै थुनामुक्त गर्नुपर्ने आवाज उठाएका थिए ।




