नरेन्द्र मोदीविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फेल
२०८० श्रावण २५, बिहीबार २०:५४
केही समयअघि विपक्षी गठबन्धनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोकसभामा ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ।
सभामुख ओम बिरलाले बिहीबार साँझ प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव फेल भएको घोषणा गरेकाे छन् ।
सभामा अविश्वासको प्रस्तावमाथि तीन दिनसम्म सत्ता पक्ष र विपक्षी सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए।
बिहीबार लोकसभामा प्रधानमन्त्री मोदीले जवाफ दिएपछि सभामुखले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। ध्वनी मतका आधारमा प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।




