गोलभेंडा आयातमा भारतले प्रतिबन्ध हटायाे
२०८० श्रावण २७, शनिबार ०६:३७
तरकारीको हाेस् वा अचार गोलभेंडा सबैको भान्सा चाहिने सामाग्री हाे । हालैका दिनमा भारतीय बजारमा गोलभेंडाकाे उत्पादनकाे कमिले मुल्य अत्यन्तै वढेकाे छ
भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ
यहीँ अवसरले गर्दा नेपाली किसानले पनि वढी फाइदा पाउने अवसर पाएका छन् ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।
बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको जानकारी दिईन् ।
नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ ।




