प्रदेशका सांसदलाई सुविधा : सरकारले बाड्यो बिद्युतीय चुलो
२०८० श्रावण २७, शनिबार १५:५१
प्रदेश सरकारकाे काम प्रति जनचासाे वड्ने क्रममा छ ।त्यस्तैमा कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरेकाे पाईएकाे छ ।
विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरियाे ।
प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेका थिए ।
चुलो बुझ्नेमा पुर्व मन्त्रीहरु समेत रहेका छन ।
शुक्रवार सम्ममा १८ जना प्रदेश सभा सदस्यले चुलो लगिसकेको संसद सचिवालयले जानकारी दियो ।
प्रदेशसभा सदस्य इन्दिरा थापाले भने चुलो प्रदेशसभा सचिवालयमा नै फिर्ता गरेकी छिन् ।
चुलो वितरण गर्न थालेपछि सत्तारुढ दलकै सांसदहरूले यसको विरोध गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भ्रष्ट्राचार र कमिसन मिलाई–मिलाई खानका लागि चुलो खरिद गरिएको आरोप लगाए ।
पुर्व मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले ग्यास चुलो विस्थापित गर्न भन्दै १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।




