प्रधानमन्त्री प्रचण्डले भोलि नै कित्ताकाट खुल्ने
२०८० श्रावण ३०, मंगलवार २०:१६
जग्गा जमिन कित्ताकाटकाे समस्या हल गर्न मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले वताए
अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ ।
‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक मन्त्रीले जानकारी दिए ।
जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने तयारी गरेका थिए
गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो
जग्गासँग जोडिएको सबै समस्या समाधान गर्ने गरी नियमावली संशोधन भएको र जग्गा कित्ताकाट, नामसारी लगायतका सबै काम अब सहज हुने छ
निजी क्षेत्रका व्यवसायीसंग भेटघाटमा प्रधानमन्त्री प्रचण्डले भोलि नै कित्ताकाट खुल्ने बताए




