भारतसँग खाद्यान्न माग गर्दै
२०८० श्रावण ३२, बिहीबार ०५:५४
नेपाल सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्र पठाएको छ ।
केही समय अगाडिदेखि भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्र पठाएको छ ।
उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई आग्रह सहितको पत्र पठाएको वताए




