काेसीका मुख्यमन्त्री उद्धव थापाले साेमवार विश्वासको मत लिने
२०८० भाद्र २, शनिबार २१:४६
कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी सोमबार विश्वासको मत लिने भएका छन् ।
साउनमा १६मा दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थापाले ४ भदौमा विश्वासको मत लिने कार्यसूची तय भएको सभाका सचिव गोपालप्रसाद पराजुलीले वताए
कार्यवाहक सभामुख सिर्जना दनुवारले भदौ ४ गते विश्वासको मत लिन समय दिएकी हुन् । सत्तास्वार्थमा दलहरू विभाजित हुँदा १५ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको कोसी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक १ भदौदेखि सुरु भएको छ ।




