Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्

राष्ट्रपति पौडेलले मंगलबारका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए

उक्त बैठक मंगलबार बिहान ८ बजे राष्ट्रपति भवन शितल निवासमा गरिनेछ ।

पोखरेलका अनुसार संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपतिले दलहरुसँग छलफल गर्न लागेका हुन्।

संसद् अवरोध खुलाउने विषयमा दलहरुबीच समझदारी नबनेपछि राष्ट्रपति पौडेलले दलहरुको बैठक बोलाएका हुन् ।