हरेक कामलाई फरक र विषेश रूपमा संचालन मेयर बालेन साहकाे चर्चा वढेकाे छ यस्तैमा काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि महानगरपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक कीटनाशक ‘बायो लार्भिसाइड’ प्रयोग गर्ने भएको छ ।

मेयर बलेन शाहले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमा पहिलो पटक बायो लार्भिसाइड प्रयोग गर्न लागिएको जानकारी दिए । शाहले कीटनाशक अर्गानिक भएकाले लामखुट्टे र लार्भाबाहेक अन्य जीवलाई हानी नगर्ने बताए ।

सामाजिक सञ्जाल प्रयोग गर्दै उनले लेखेका छन्, “बायो लार्भिसाइड अर्गानिक हो। यसले लामखुट्टे र तिनीहरूको लार्भा बाहेक अरू कुनै जीवलाई हानी गर्दैन। यो कीटनाशक होइन। कीटनाशक पानीको माथि छर्किनुपर्छ। यसले पेटमा विष उत्पादन गर्छ। लार्भा र पाचन प्रक्रियालाई नष्ट गरी लार्भा मार्छ।यसबाट डेंगु, फाइलेरिया, मलेरिया फैलाउने सबै प्रकारका लामखुट्टेको लार्भा र प्युपा नष्ट हुन्छ ।”

डेङ्गु सम्बन्धि परामर्श दिने निशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ, डेंगु रोगीले अस्पताल जानु परेमा १०२ मा सम्पर्क गरी निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको छ र डेंगु उपचारका लागि आवश्यक पर्ने प्यारासिटामोल र जीवनजल लगायतका औषधि वितरण गरिएको छ । स्वास्थ्य केन्द्रहरूमा ओरल रिहाइड्रेसन साल्ट) मेयर शाहले थपे।