कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन् । उक्त प्रक्रिया संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुगे ।


विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर बुधबार सर्वोच्च अदालत पुगेका हुन्

कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिदा सो क्रममा सभामुखको अध्यक्षता गरेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले मतदान गरेका थिए ।