मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपालले जित्न सफलता पायो ।

शनिबार भएको फाइनलमा हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ३७ रन जोड्दा वर्षा भएपछि पुनः खेल सुरु हुन सकेन। त्यसपछि डर्क वर्थ लुइस पद्दतिका आधारमा नेपाल १३ रनले विजयी भएको हो।