संसदीय समितिका सभापतिका लागि भोलि उमेदवारी
२०८० भाद्र ९, शनिबार २०:२१
संसदका प्रतिनिधिसभाअन्तर्गत गठित १० विषयगत समितिका सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरियाे
आइतबार सभापतिको उमेदवारी प्रस्ताव दर्ता गर्ने र त्यसको सूची प्रकाशित गर्ने कार्यतालिका तोकियाे सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन्
“प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,” प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा गरिएको छ




