स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित अकला नमुना साना किसान कृषि सहकारी संस्थाले उत्पादन गरेको छुर्पी अमेरिकामा निकासी हुने गरेको छ ।

छुर्पी वा कडा चिजको मूल्य प्रतिकिलो १ हजार र ११ सय रुपैयाँ पर्छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले हाम्रा सहकारीले उत्पादन गरेको छुर्पी अमेरिकामा निकासी हुने गरेको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताए ।

साना किसान सहकारीद्वारा सञ्चालित यस डेरीमा दैनिक आठ सयदेखि एक हजार लिटर दूध संकलन हुने गरेको छ

कृषकलाई कृषि सामग्री, बीउ र घाँस बिरुवामा ५० प्रतिशत अनुदान दिँदै आएका छौं,’ सहकारीका प्रबन्धक लक्ष्मी पोखरेल रेग्मीले बताइन् ।

प्रधानमन्त्री कृषि डिजिटाइजेसन परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा ‘भैंसी अनुदान कार्यक्रम’ अन्तर्गत १० किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । ‘भण्डारण सुधार कार्यक्रम’ अन्तर्गत २८ कृषकलाई अनुदान दिइएको उनले बताए ।

२०७५ सालमा स्थापना भएको सहकारीमा दुई हजार ८५० शेयरधनी रहेका छन् । सहकारीले चालू आर्थिक वर्षमा पशुपक्षी संरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सहकारीले किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार काम गरिरहेको रेग्मीले बताए