राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूतमा सुधीर भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूतमा तेजबहादुर क्षेत्री र कुवेतका लागि नेपाली राजदूतमा घनश्याम लम्साललाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज नयाँ राजदूतलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।