बालेन शाहले चीन भ्रमण रद्द गरे
२०८० भाद्र १४, बिहीबार १३:४६
काठमाडौंका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो
तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।





