ऐतिहासिकता वाेकेकाे विद्यालयमा नयाँ प्रधानाध्यापक के.सी
२०८० भाद्र १६, शनिबार २१:५१
ऐतिहासिकता वाेकेकाे पुर्वकै चर्चित विद्यालय श्री नरग्राम उच्च माध्यमिक विद्यालयले नयाँ प्रधानाध्यापक नियुक्ति भएको छ ।
बुढीगंगा गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट श्री नरग्राम उच्च माध्यमिक विद्यालयकाे प्रधानाध्यापक श्री कैलास के.सी. पाैडेललाई नियुक्त गरेको छ । पालिकाले योग्यता पुगेका शिक्षकहरुबाट आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेकाे छ।
आज गरिएको नियुक्ति तथा पदभार ग्रहण समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव प्रसाद काेईराला विद्यालय सुधार याेजनामा र छनाैट समितिकाे सिफारिसवाट प्रधानाध्यापक नियुक्ति गरिएको वताए ।
साे समारोहमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले विद्यालयमा रहेका चुनाैतिकाे सामना गरि सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि दृढ भई आजैदेखि लाग्न नव नियुक्त प्रधानाध्यापक के.सीलाई निर्देशन तथा शुभकामना दिनुभएको छ ।
सभामा पालिका प्रप्रअ गिरिराज भट्टराई ,वडा अध्यक्ष साेमराज काफ्ले ,पालिका शिक्षा समिति सदस्य मिना विश्वास ,सप्तकोसी डे वैक शाखा प्रवन्ध दर्शनराज न्याैपाने साथै शिक्षक प्रतिनिधिकाे उपस्थिति रहेको लेखापाल गणेश व कार्कीले वताए ।





