थाईल्यान्डमा आयोजना हुने खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडीलाई बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले कार्यक्रमबीच शनिवार विदाई गरिएको छ ।

गाउँमा रहेर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी कराते टोलीलाई अध्यक्ष थापा मगरले खादा र अविर लगाएर विदाई गरे।

उनले खेलाडिहरुलाई राष्ट्रकाे गाैरब वढाउन सफलताको शुभकामना समेत व्यक्त गरे। सेप्टेम्बर ६ देखि १० सम्ममा आयोजना हुने प्रतियोगितामा १३ जना सदस्यीय खेलाडिहरुको टोली प्रस्थान गर्दैछ।

उक्त विदाइ समारोहमा बुढीगंगा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत गिरिराज भट्टराई ,वडा अध्यक्ष साेमराज काफ्ले ,सप्तकोसी डे वैकका शाखा प्रवन्धक दर्शनराज न्याैपाने , अन्तर्राष्ट्रिय प्रशिक्षकहरू प्रभाकर राना मगर र पर्शु कुँवर ,वडा सदस्य मिना विश्वास र समाजसेवी जयदेव माझीले खेलाडीलाई उत्साहित गर्दै गाउँदेखि अन्तर्राष्ट्रिय स्तरमा उच्च मनाेवलले खेल देखाउन शुभकामना दिनुभएकाे छ भनेर खेम भट्टराईले वताए