दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था
२०८० आश्विन ११, बिहीबार १०:०४
नेपाल राष्ट्र बैंकले हाल दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई हटाई अब राष्ट्र बैंकले सर्कुलर जारी गर्दै वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरिदिएकाे छ ।
दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन ।




