श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरु गएको जानकारी दिए ।

 नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले नेपालको कानूनले वैदेशिक रोजगारीमा जानको लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताए। उनले कानूनी व्यवस्था भएपनि नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको छन् भनेर जानकारी गराए ।

उनले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे ३ लाख नेपालीहरु मध्ये ९२ प्रतिशत तालिम बिना गएको उल्लेख गरे। सचिव भण्डारीले तालिम र सिपको सर्टिपिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिपिकेट बोकेर विदेश जाने गरेको बताए।