मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् उनले  निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै विजयी भएका हुन् । उनी  ४५ वर्षमा नै मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित हुन पुगेका छन् ।

प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको छ ।