एमसीसीकी प्रमुख एलिस पीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्ने
२०८० आश्विन १५, सोमबार ०९:३९
चर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोली काठमाडौं आएको छ
एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठीक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल आइतबार साँझ काठमाडौं आएको हाे
अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
प्रमुख एलिस पीले नेतृत्व गरेको प्रतिनिधिमण्डलले आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ।
नेपालमा रहँदा उनलेे ले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम रहेको छ ।।




