सन्तुलित आहार मात्र काफी छैन, डाइटरी सप्लिमेन्ट किन आवश्यक छन्?

“सन्तुलित भोजन खाए हुन्छ,” भन्ने मान्यता अब पुरानो हुँदै गएको छ। बदलिँदो जीवनशैली, तनाव, मिल्किएको खानपान र शारीरिक गतिविधिको कमीले गर्दा दैनिक आवश्यक पोषकतत्त्वहरू केवल खानाबाट प्राप्त गर्न गाह्रो भएको छ।
यही कारणले डाइटरी सप्लिमेन्टको आवश्यकता बढ्दो छ।
विशेषज्ञहरूका अनुसार आजको दैनिकीले शरीरलाई चाहिने सम्पूर्ण भिटामिन, मिनरल्स र अन्य पोषकतत्त्व सधैं दिन सक्दैन। उदाहरणका लागि, भिटामिन डि सूर्यको किरणबाट पाइन्छ, तर धेरै समय घरभित्र बस्ने बानीले यसको कमी सामान्यजस्तै भएको छ। यसैगरी, थकान, कमजोोरी, ध्यान केन्द्रित गर्न गारो हुनेजस्ता लक्षण आयरन वा भिटामिन बि१२ को अभावका संकेत हुन सक्छन्।
गर्भवती महिलालाई त झन् सप्लिमेन्ट झनै महत्वपूर्ण हुन्छ—फोलिक एसिड, आयरन, क्याल्सियमले सन्तानको वृद्धि र आमाको स्वास्थ्य सन्तुलनमा राख्छ। यस्तै, बुढ्यौलीमा शरीरले पोषकतत्त्व अवशोषण गर्न नसक्दा सप्लिमेन्ट आवश्यक हुने विज्ञहरू बताउँछन्।
फिटनेसमा रुचि राख्ने युवाहरूका लागि प्रोटिन सप्लिमेन्ट, ओमेगा–३, र हर्बल सपोर्ट लोकप्रिय बन्दै गएका छन्। रोगसँग लड्ने क्षमताको कुरा गर्दा जिकं र भिटामिन सि ले भरथेग गर्छन्।
तर विज्ञहरू चेतावनी दिन्छन्—“डाइटरी सप्लिमेन्ट औषधि होइन, पूरक मात्र हो। यो चिकित्सकको सल्लाह बिना लिंदा साइड इफेक्ट समेत हुन सक्छ।”
अब डाइटरी सप्लिमेन्ट केवल बिरामीका लागि नभई, ‘होलिस्टिक हेल्थ’ चाहने सबैका लागि उपयोगी विकल्प बन्दै गएको छ। बजारमा यसको माग दिनानुदिन बढिरहेको छ, र उपभोक्ताहरू पनि सचेत हुँदै गएका छन्।